Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 12:54 AM 0

कालीकोटको चिल्खायामा काष्ठमण्डप एयरलाइन्सको नाइन एन एजेबी टुइनअटर विमान आकस्मिक अवतरणका क्रममा ज्यान गुमाउने दुवैजना विमानका चालक रहेको पुष्टि भएको छ । बाँकी ९ जना यात्रु घाइते भएका छन् ।

नेपाल नागरिक उड्ययन प्राधिकरण क्षेत्रीय कार्यालय सुर्खेतका प्रमुख भुपेन्द्र भट्टका अनुसार विमानका चालक दिनेश न्यौपाने र सहचालक सन्तोष रानाको ज्यान गएको हो । घाइते भएकामध्ये एकजनाको अवस्था गम्भीर रहेको पनि उहाँले जानकारी दिनुभयो ।
घटनास्थलमा अहिलेसम्म उद्धारकर्मीको टोली पुगेको छैन । काष्ठमण्डप एयरलाइन्सले उद्धारका लागि पोखराबाट एयर डाइनेष्टिको विमान घटनास्थलतर्फ पठाइसकिएको जानकारी दिएको छ । काठमाडौबाट पनि हेलिकोप्टर पठाउने तयारी भइरहेको एयरलाइन्सले जनाएको छ । घटनास्थलमा कालीकोटबाट डिएसपी किसनसिंह बुढाल नेतृत्वको टोली तथा नेपाली सेनाको टोलीपनि परिचालन गरिएको छ । 

                                          




«
Next
»
Previous

No comments

Leave a Reply