Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 2:32 AM 0


नाइजेरियाको जलसेनाले समुद्री लुटेराको एक गिरोहलाई पक्राउ गरेको छ । इन्धन बोकेको एउटा पानीजहाज अपहरण गरिरहेको समयमा उनीहरुलाई नौसेनाको टोलीले विशेष कारवाहीका क्रममा पक्राउ गरेको हो ।

अधिकारीहरुका अनुसार नौसेनाको कारवाहीमा एक लुटेरा मारिएका छन् भने ६ जना पक्राउ परेका छन् ।
justify;">केही लुटेरा भने नीजि डुंगामा चढेर फरार भएका छन् । अधिकारीहरुका अनुसार लुटेराको समूहले चालक दलका दुई सदस्यको अपहरणसमेत गरेका छन् । उनीहरुको खोजी भइरहेको जनाइएको छ । अपहृतमध्ये एक भारतीय नागरिक रहेको जनाइएको छ । अर्का एक पाकिस्तानी रहेको आशंका गरिएको छ ।

लुटेराहरुले ४ हजार ७०० टन डिजेल बोकेको जहाजलाई निशाना बनाएका थिए । उक्त जहाजलाई लागोसबाट ३१० माइल दक्षिणपश्चिमी समुद्री क्षेत्रबाट उद्धार गरिएको हो । यस क्रममा केही लुटेरा फरार भएको जनाइएको छ । (एजेन्सी)

«
Next
»
Previous

No comments

Leave a Reply