Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 1:52 PM 0

नायिका रेखा थापा बर्षमा एकपटक चलचित्रमा अभिनय गर्छिन् । तर, उनले आफ्नै ब्यानरमा बनाएका चलचित्र हिट हुन्छन् । यसैले पनि होला रेखाको डिमाण्ड चलचित्र क्षेत्रबाट कहिले हटेको छैन ।उनै रेखाले आफ्नै ब्यानरमा निर्माण गरेको चलचित्र ‘रामप्यारी’ चैत्र २६ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा रेखाको दोहोरो भूमिका छ ।

यही चलचित्रबाट रेखाका छोरा आभाष अधिकारी पनि चलचित्र क्षेत्रमा आउँदैछन् । रेखाका दिदीका छोरा आभाषले यो चलचित्रबाट संभावना देखाएका छन् । चलचित्रमा समावेश ‘छमछम ती पाउजुहरु’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा रेखा थापा, आश्मा डीसी र आभाष अधिकारीलाई फिचरिङ गरिएको छ ।


सविर श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा रेखा ट्याम्पु ड्राइभर महिलाको भूमिकामा पनि छिन् । भिडियोमा रामजी लामिछानेको नृत्य निर्देशन छ । थानेश्वर गौतमको संगीत रहेको गीतमा हस्त गौतमको स्वर छ । रेखाले बनाउने अघिल्ला चलचित्र जस्तै यसको बिषय पनि नारी केन्द्रित छ ।
               



«
Next
»
Previous

No comments

Leave a Reply