Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 4:20 PM 0

प्राकृतिक जन्म बच्चा र आमा दुवैका लागि धेरै अर्थमा सुखद मानिन्छ । तर यो प्राकृतिक परम्परामाथि शल्यक्रिया माध्यमले ठाउँ लिन थालेको छ । विशेषत निजी क्षेत्रको स्वास्थ्य संस्थाको बाक्लो उपस्थिति पछि सिजेरियन डेलिभरी फेसन नै बनेको छ । अफ्ठ्यारो वा आमा र बच्चको स्वास्थ्यमा प्रतिकुल परिस्थिति आइपर्ने अवस्थामा मात्र गरिने सिजेरियन डेलिभरी बढेकोप्रति सरकार र सरकारी नियाकहरुले पनि चासो देखाउन थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत पर्ने पारिवारिक स्वास्थ्य विभागले नर्सिङ होम र निजी अस्पतालहरुमा सिजेरियन डेलिभरीको संख्या उच्च रहेकोमा चासो देखाउँदै आएको छ । पछिलो समय प्राकृतिक जन्म भन्दा अप्रेसन गरेर बच्चा जन्माउनेहरु बढिरहेका छन् । चिकित्सकहरुका अनुसार आमा र बच्चाको स्वास्थ्यमा खतरा आईपर्ने देखिए मात्र सिजेरियन सेक्सन गर्ने हो्र स्वेच्छाको रोजाईले गरिएको सिजेरियन सेक्सनले आमा र बच्चाको स्वास्थ्यमा हानी पु¥याउने चिकित्सकहरुको ठहर छ । 


१० देखि १५ प्रतिशत गर्भवतीमा मात्र डेलिभरीको बेला समस्या आउँछ। त्यसमध्ये ५ प्रतिशतलाई मात्र शल्यक्रिया आवश्यक हुन्छ। थापाथलीको प्रसुति गृहमा १५ प्रतिशतभन्दा कम मात्र सिजेरियन डेलिभरी हुन्छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सिजेरियनको दर २५ प्रतिशत मात्र छ । तर काठमाडौँ मेडिकल कलेजमा यो दर ४४ प्रतिशत छ। कीर्तिपुर अस्पतालमा ४९ प्रतिशत छ। ओम हस्पिटलमा अधिकांश डेलिभरी सिजेरियन नै हुने तथ्यांकले देखाएको छ । 


नर्सिङ होम वा मेडिकल कलेज वा निजी अस्पतालहरुले नर्मल डेलिभरी भन्दा सिजेरियन डेलिभरी तीन गुणा बढी गर्ने गरिरहेको तथ्यांकले देखाएको छ । अस्पतालहरुमा ३० हजारदेखि एक लाख रुपियाँसम्म सिजेरियन डेलिभरीका लागि तिर्नुपर्छ। जबकि प्रसुति गृह जस्ता सरकारी अस्पतालमा सम्पूर्ण उपचार निःशुल्क हुन्छ

                                               


«
Next
»
Previous

No comments

Leave a Reply