गोरु काटेर खाएको भन्दै २ राउण्ड हवाई फायर गरी स्थानियबासीलाई प्रहरीले पक्राउ गरे, के यहि हो धर्मनिरपेक्ष मुलुक ?
स्थानीय गाउँलेहरु मिलेर गोरु काटिरहेको समयमा पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि नै नुवाकोटमा आक्रमण भएको छ । मासु खानका लागि गोरु काटिरहेको सूचनाको आधारमा सामरी गाविसमा पक्राउका लागि पुगेको प्रहरी टोलीमाथि त्यसमा संलग्न व्यक्तिहरुले घरेलु हातहतियार प्रहार गरेका हुन् ।
सामरी–५ पुरानोपानी बस्ने ४३ वर्षीय सोभेर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङ समुदायको बसोवास रहेको सामरी–५ पनेरा र पुरानोपानी भन्ने स्थानमा स्थानियबासीले गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ बुधबार राति प्रहरी चौकी सामरीबाट ४ जनाको टोली उक्त स्थानमा जाँदा २५/३० जनाको संख्यामा रहेका व्यक्तिहरुले प्रहरीलाई देख्नासाथ घरेलु हतियारले आक्रमण गरेका थिए । त्यसलगत्तै प्रहरीले आत्मरक्षाको लागि २ राउण्ड हवाई फायर गरी तामाङलाई नियन्त्रणमा लिएको थियो । घरेलु हतियारको प्रहारबाट प्रहरीलाई भने सामान्यबाहेक कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

No comments