Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 1:22 PM 0

सुन चोरी आरोपमा पक्राउ परेका चोरको दिसाबाट प्रहरीले सुन बरामद गरेको छ । खाँदबारीको  शनिबारे बजारमा किनमेल गर्न गएकी महिलाको सुनको सिक्री लुटेको आरोपमा प्रहरीले वीरगञ्ज उपमहानगरपालिका २३ अपौलीका रमेशराय यादव, सुनसरीका ४५ वर्षीय राजकुमार यादव, पर्सा हरपतगन्ज– ९ का अमित राययादव र सुनसरी इटहरीका जगनारायण चौधरीलाई पक्राउ गरेको थियो ।
चोरी गरेको सुन नभेटिएपछि प्रहरीले खाएको आशंका गरी एक्सरे गर्दा बिहीबार आन्द्रामा सुन देखिएको थियो । खाँदबारी बजारमा किनमेल गर्दै आएकी पासाङल्ह्मु शेर्पाले लगाएको दुई तोलाको सिक्री,  दिलकुमारी श्रेष्ठको पाँच तोलाको सिक्री र संगीता श्रेष्ठको दुई तोला दुई आनाको सिक्री चोरले खाएको अनुसन्धानबाट पुष्टि भएका छ ।
चोरी आरोपमा पक्राउ परेकाले सुन चोरीको स्वीकार नगरे पछि प्रहरीले एक्सरे गर्न अस्पताल पुर्याएको थियो एक्सरे रिपोर्टमा नौ तोला दुई आना सुनचोरी गरी खाएको खुलेको हो । एक्सरेका क्रममा अमितको पेटको तल्लो भागमा सुनको सिक्री देखिएको थियो भने रमेशको पेटको सानो आन्द्रामा र राजकुमारको ठूलो आन्द्रामा सुन देखिएको थियो
बजार भर्न आएका महिलाका घाँटीको सिक्री हराएको उजुरी परेलगत्तै प्रहरीले चोरलाई पक्राउ गरेको थियो ।

«
Next
»
Previous

No comments

Leave a Reply