Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 3:04 PM 0

चिनियाँ केटीले आफ्नो शरीरको हाउभाउ देखाउँदै भनिन् : “यू निड सेक्स ?” । ग्राहक खोज्न बसेका अधिकांश महिलाहरुको दिनचर्या नै यही बन्दै गइरहेको छ दुबइ र देराका गल्लीहरुमा । प्रायजसो नेपाली, चिनियाँ, फिलिपिनी, बंगाली, इन्डियन, रसियन जस्ता देशका केटीहरु यस्ता व्यवसायमा लागेको पाइन्छ । कोही बाध्यताले, कोही धेरै धन कमाउने लोभमा यो खालको व्यवसाय अपनाएका छन् । दुबइमा यस्तो व्यवसाय बन्देज भए पनि भित्रभित्रै बन्द कोठामा अवैध रुपमा यो व्यवसाय फस्टाइरहेको छ ।
विश्वमा भनौं या यूएइ तथा नेपालमा समेत देह व्यापार अत्यधिक मात्रामा चलेको छ । यूएइको दुबइ र देरामा समेत हामै्र नेपाली चेलीहरु आफ्नो अस्मिता लुटाइरहेका छन् । दिन रात नभनी उनीहरुले धेरै धन कमाउने लोभमा या बाध्यताले यस्ता खालका व्यवसाय अपनाएका छन् । कति नेपाली चेलीहरु साइड जब त, कति यसलाई नै आफ्नो जागिर सम्झेर दिनरात अस्मिता लुटाइरहेका छन् ।
विश्वमा संस्कृति र सभ्यताको साथै देह व्यापारको सुरुवात भएको पाइन्छ तसर्थ यो पुरानो व्यवसाय हो जुन धर्मको कारणले भएको हो । प्राचीन कानुनअनुसार युवतीहरु विवाहको पहिलो रात आफ्ना पतिसँग व्यतीत नगरी कुनै धर्मगुरु वा मन्दिरका पुजारीका साथ बिताउँथे । दुबइमा मुस्लिमको बाहुल्यता भए तापनि त्यहाँ अवैध रुपमा यस्ता व्यवसायको अखडा बन्दै आएको छ । रोजगारीको सिलसिलामा विश्वका विभिन्न देशहरुबाट यूयईका शहरहरुमा आफ्नो काम गरेका छन् जसको मनोरञ्जनको साधनको रुपमा ती युवतिहरु अस्मिता लुटाएका छन् । युएइको ५० दिरामबाट सुरुवात भएको उनीहरुको चार्ज एक रातको २५०० दिरामसम्म लिने गरेका छन् ।
आफ्नो शरीरको हाउभाउ देखाउँदै भनिन् : “यू निड सेक्स ?” । ग्राहक खोज्न बसेका अधिकांश महिलाहरुको दिनचर्या नै यही बन्दै गइरहेको छ दुबइ र देराका गल्लीहरुमा । प्रायजसो नेपाली, चिनियाँ, फिलिपिनी, बंगाली, इन्डियन, रसियन जस्ता देशका केटीहरु यस्ता व्यवसायमा लागेको पाइन्छ ।
झापा घर बताउने सुनिता (नाम परिवर्तन) पनि क्लिनरमा आएकी थिइन् तर उनलाई थोरै तलब भएको जसका कारण घरायसी तथा आफ्ना आवश्यकता पूरा हुन् नसकेका कारण देह व्यापारमा लागेको बताउँछिन् । उनी भन्छिन् : “यसमा केटाहरुले जति पनि पैसा खर्च गर्छन् । रातमा खान पनि पाउने र उनीहरुलाई खुसी पार्न सके जे पनि दिने गर्छन्, जसरी पनि पैसा कमाउने हो ।”
सिन्धुपाल्चोककी २६ वर्षीया कमला (नाम परिवर्तन) दलालीबाट आफू ठगिएको बताउँछिन् । घरमा काम गर्ने भनी आएकी उनी दुबइ आएपछि एउटा कोठीमा देह व्यापार गर्न प्रेरित गरेको बताइन् । दुबइ तथा देरामा अवैधानिक भए पनि त्यहाँको सरकारले कमै मात्रामा छापा मारेको पाइन्छ । जसले गर्दा यो व्यासाय दिनदिनै बढ्दै गइरहेको छ । यो व्यवसाय त कतै मसाज सेन्टरको रुपमा पनि विकास भएको छ । मसाज गर्नुको साथसाथै यौन व्यवसाय पनि चलेको पाइन्छ । यस्ता क्रियाकलापमा कतिलाई बलपूर्वक धकेलेको देखिन्छ ।
पर्यटकका रुपमा आउने व्यापारी हुन् या रोजगारीका रुपमा काम गर्ने कामदार सबैको ग्राहक नेपाली, इन्डियन तथा चिनियाँ पहिलो रोजाइ हुने गर्दछन् । त्यहाँ नेपाली केटीहरु नेपाली नाका एवं भारतीय क्षेत्र हुँदै दुबइ तथा अन्य मुलुकमा जाने गर्दछन् । जसका कारण नेपाली चेलीहरु यो व्यापारमा फस्न पुग्छन् । धरानको सम्पन्न परिवारकी रीता शर्मा (नाम परिवर्तन) दुबइमा बैंकमा जागीर खाने काममा गए पनि उनलाई जागीर नदिई होटलमा वेटर काममा लगाइएको बताउँछिन् तर होटलमा वेटर गर्दैगर्दा मालिकले ‘ग्राहकलाई पनि खुसी पार्ने काम पनि गर्नुपर्ने’ भन्दै काम लगाएको बताइन् ।
कुनै जमानामा राणाहरुले दरबारमा सुसारे, नानी आदिलाई मनोरञ्जन र विलासिताको लागि केटीहरुलाई छानेर लिएझैं दुबइ, कतारलगायत विभिन्न अरबी देशहरुबाट यस्तै कामका लागि ल्याएको पाइन्छ । अरबी देशहरुमा बलात्कार, हत्या जस्ता घटनालाई निकै कडा सजायको रुपमा लिने गरिन्छ । तसर्थ त्यहाँ यो खालको घटना कमै कात्रामा हुने तर रेडलाइट बस्तीको संख्या बढी पाइन्छ ।
नेपाल तथा अन्य मुलुकबाट विदेशमा गएर यस्ता व्यवसाय अपनाउनु मुख्य कारण आर्थिक अवस्था नै हो । अर्थलाभका लागि मान्छेले मान्छेलाई बेच्नु त्यो बेचिने मान्छेको निम्ति मात्र दुर्भाग्यको कुरा नभएर सिङ्गो समाज र देशकै लागि दुर्भाग्य हो । क्षणिक आनन्द तथा आर्थिक स्थिति दरिलो पार्न नेपालदेखि दिनहुँ विदेश जाने क्रम निरन्तर नै छ ।
कोही यसै कामका लागि ज्यान फालेका छन् त कोही एचआईभी जस्ता रोगको शिकार भएर अकालमै मृत्युको मुखमा पुगेका पनि छन् । तर जबसम्म समाज, प्रशासन तथा स्वयं यो देशका जनताले पशुवत् घृणित जीवन बिताइरहेका कयौं विदेशिएका नेपाली चेलीको समस्यालाई उनीहरुको मात्र समस्याको रुपमा सम्झिएर उपेक्षा गर्दछन् तबसम्म विश्वका विभिन्न देशमा हाम्रा चेलीका शरीरको मोलमलाइ भइरहन्छ ।

«
Next
»
Previous

No comments

Leave a Reply