Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 9:08 AM 0

२५ जेठ, काठमाडौं ।
 वियोगमा कसरी मन बुझाउने ? कसैले अम्बर गुरुङकी पत्नी बीनाबाट सिकोस् । अम्बरको मृत्युमा सिंगो देश शोकाकुल भएका बेला बीनालाई शान्त्वना दिनेहरुको कमी छैन । तर, उनी उल्टै अरुलाई सम्झाउँदैछिन् । अम्बरको शव ग्राण्डी हस्पिटलबाट प्रज्ञा भवन ल्याइएपछि बीनाले भावविह्वल भएर श्रद्धान्जली दिइन् । 

श्रद्धाञ्जली दिने क्रममा उनी बेस्सरी भक्कानिएकी थिइन् । तर, केहीबेरमै आफूलाई सम्हालिन् । त्यसपछि आफूसँग भेट्न आउने प्रत्येकसँग उनी खुलस्त कुरा गर्न थालिन् । अनलाइनखबरसँग छोटो कुरा गर्दै बिनाले भनिन्, ‘एकदिन सबैले मर्नुपर्ने नियम भगवानले बनाइदिनुभएको छ । तर, सबैले मेरो श्रीमानको जस्तो मरण पाउँदैनन् ।
 म भाग्यमानी रहेछु । उहाँले यति धेरै मानसम्मान र माया प्रेम पाउनुभएको देख्न पाएँ । यसैमा खुशी छु ।’ अस्पताल पुर्‍याएको भोलिपल्ट श्रीमानसँग अन्तिम पटक आफ्नो कुराकानी भएको उनले बताइन् । बीनाले भनिन्, ‘शुक्रबार राति १० बजेदेखि वान्ता भएको रहेछ । उहाँसग सुत्ने केटाले सुरुमा त्यति सिरियसली लिएन छ । पछि चाप्दै गएपछि हामीलाई बोलायो र बिहान हस्पिटल ल्याइयो । हस्पिटल ल्याएको भोलिपल्टसम्म बोल्दै हुनुहुन्थ्यो ।
 खाना खान मान्नुहुन्नथ्यो । म कर गर्थेँ । उहाँ रिसाउनुहुन्थ्यो । शुक्रबार अस्पताल ल्याएको, शनिबारदेखि पूरै बेहोस हुनुभयो, त्यसपछि कहिल्यै होश खुलेन ।’ भारतको मेदान्त अस्पतालमा उपचार गरेर ल्याएपश्चात स्वास्थ्यमा अरु सुधार भए पनि पार्किन्सन्सले चाप्दै लगेको उनले बताइन् । सरकारले उहाँलाई दिएको सम्मानमा कत्तिको सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘सरकारले हामीलाई धेरै राम्रो गरेको छ । उपचारमा पनि सहयोग गरेको हो । 
हामी धेरै आभारी छौं ।’ नेपालीहरुको माया-प्रेम र शुभेच्छाले नै आफ्नो श्रीमानलाई यतिञ्जेल जीवित राखेको बीनाले बताइन् । उनले भनिन्, ‘उहाँले जाँदा आफूले केही लैजानुभएन, तर धेरैथोक छोडेर जानुभएको छ । नेपाली र नेपालीभाषीका लागि धेरै गुन लगाउनुभएको छ ।
 यसलाई हामीले सँधै सम्भिmनुपर्छ ।’ उनले आफ्ना श्रीमानको जस्तै सम्मानित मरण अरुले पनि पाउन् भनी कामना गरिन् । बीना गजमेर रञ्जीत गजमेरकी काकाकी छोरी (दिदी) हुन् । अम्बर र बीणाले अन्तरजातीय प्रेमविवाह गरेका थिए । 
उनीहरुको जोडी प्रेममय एवं सामाजिक हिसाबले समेत उदाहरणीय थियो, जसको एउटा पांग्रा यतिबेला टुटेको छ ।

«
Next
»
Previous

No comments

Leave a Reply