Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 1:57 AM 0

नेपाली फुटबल प्रशिक्षक बालगोपाल महर्जन बंगलादेशको ब्रदर्स युनियन लिमिटेड क्लबको प्रशिक्षकमा नियुक्त भएका छन् । नेपाली प्रशिक्षकले विदेशी क्लबको प्रशिक्षक सम्हाल्ने मौका पाएको यो पहिलो पटक हो । नेपाली फुटबलमा सफल खेलाडी र प्रशिक्षकको छवि बनाएका बालगोपाललाई ब्रदर्स युनियनले सुरुमा तीन महिनाका लागि प्रशिक्षकमा नियुक्त गरेको छ । ब्रदर्स युनियन बंगलादेशको माथिल्लो श्रेणीको क्लब हो । बालगोपालले सन् २००१ लेखि सन् २००३ सम्म सोही क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए । ‘पहिले आफैंले खेलेको क्लबमा प्रशिक्षक बनेर जान पाउँदा निकै गर्व लागेको छ । नेपाली प्रशिक्षकले विदेशी क्लबमा पनि प्रशिक्षण गर्न सक्छन् भन्ने सन्देश पनि यसले दिनेछ । यसले मेरो व्यक्तिगतमात्र नभएर अन्य नेपाली प्रशिक्षकका लागि पनि नयाँ अवसरको ढोका खोलेको छ', ४२ वर्षीय बालगोपालले भने ।


क्लबले उनलाई मासिक एक हजार पाँच सय अमेरिकी डलर पारि श्रमिक दिएको छ । त्यसबाहेक उनलाई खान र बस्नको व्यवस्था पनि क्लबले नै गरिदिएको छ । बिहीबार बंगलादेश जान लागेका बालगोपालले यसअघि ब्रदर्स युनियनमा प्रशिक्षक रहेका भारतका नैउद्दिनलाई प्रतिस्थापन गर्नेछन् । उनको प्रशिक्षणमा ब्रदर्स युनियनले जुन १० तारिखदेखि सुरु हुने फेडेरेसन कपमा प्रतिस्पर्धा गर्नेछ । त्यसपछि जुलाईमा बंगलादेश प्रिमियर लिग सुरु हुनेछ । प्रिमियर लिगमा बंगलादेशका शीर्ष १२ टोलीको सहभागिता रहनेछ । राउन्ड रोविन डबल लिगका आधारमा सञ्चालन हुने लिगमा ब्रदर्स युनियनलाई शीर्ष चारमा राख्ने योजनामा आफू रहेको दाबी पनि बालगोपालले गरे ।

बंगलादेशमा हालै सम्पन्न बंगबन्धु गोल्डकपको उपाधि नेपाली टोलीलाई जिताएपछि बालगोपाल बंगाली क्लबको आँखामा परेका थिए । बंगाली भाषासमेत जानेका बालगोपाललाई क्लबले मे २५ तारिखदेखि लागू हुने गरी प्रशिक्षकमा अनुबन्ध गरेको हो । तीन महिनापछि क्लबले उनको पदावधि थप गर्न सक्नेछ । ‘मैले ब्रदर्स युनियनलाई सफलता दिलाउन सकेँ भने नेपालका अन्य प्रशिक्षक र खेलाडीका लागि समेत बंगलादेशको क्लबमा आबद्ध हुने अवसर खुल्नेछ । नेपालमा हालै भएको एएफसी ‘ए' लाइसन्स प्रशिक्षण कोर्स सकेकाले पनि मेरो आत्मबल बढाएको छ । आशा छ, राम्रो गरेर देखाउने छु', बालगोपालले थपे ।



१३ वर्ष नेपाली राष्ट्रिय टोलीबाट खेलेका उनले सन् २००५ मा खेलाडी जीवनबाट सन्न्यास लिएका थिए । त्यससपछि फुटबलमै नयाँ भूमिका खोज्ने क्रममा उनले रेफ्री बनेर फुटबलमा जम्ने प्रयास गरे । तर ढाडको समस्याले उनको रेफ्री बन्ने सपना साकार भएन । उनले फुटबलको मोह विस्तारै प्रशिक्षक बनेर साकार बनाउने सोच बनाए । सन्न्यासको दुई वर्षपछि एसियाली फुटबल महासंघ (एएफसी) ले फ्युचर कोर्स सुरु गर्‌यो । त्यहीँबाट उनको प्रशिक्षक बन्ने ढोका खुलेको थियो । उनले राष्ट्रिय टोलीको सहायक प्रशिक्षकका रूपमा काम गरे । उनले नेपालका चर्चित क्लब थ्रीस्टार पाँच वर्ष र मनाङ मस्र्याङ्दी एक वर्ष सम्हाले । उनले एन्फामा जुनियर र ग्रास रुट लेभलका खेलाडीलाई प्रशिक्षण पनि दिए ।

त्यसपछि विस्तारै उनले यू–१४ र यू–१६ टोलीको प्रशिक्षकको जिम्मेवारी पाए । दुई वर्षअघि भएको यू–१६ साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बन्नु र एएफसी यू–१६ च्याम्पियनसिपमा दोस्रो चरणमा पुग्नु उनको पहिलो ठूलो सफलता थियो । त्यही टोलीको प्रदर्शनले उनको प्रशिक्षणमा नेपालले यू–१९ साफ च्याम्पियनसिपको उपाधि नै जित्यो । नेपाली राष्ट्रिय टोलीमा अहिले पनि तिनै युवा खेलाडीको वर्चस्व छ । यही युवा खेलाडीको वर्चस्व रहेको नेपालले पाँच महिनाअघि बंगबन्धु गोल्डकपको उपाधि जितेपछि प्रशिक्षकको रूपमा बालगोपालको उचाइ पनि थप चुलिएको हो ।

«
Next
»
Previous

No comments

Leave a Reply