यस कारण हत्या भएको रहेछ बिमलकी बहिनीको...प्रेमी सहित ३ पक्राउ
Harek Samachar
10:31 AM
0
राष्ट्रिय फुटबल टोलीका प्रमुख स्ट्राइकर विमल घर्ती मगरकी बहिनी मनिषा घर्तीको हत्या भएको छ ।नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद चौधरीका अनुसार कक्षा ११ को परीक्षा दिएर घरमा एक्लै रहेकी १७ वर्षीय मनिषा बुधबार राति नवलपरासीको बर्दघाट ८ स्थित आफ्नै घरमा मृत भेटिएकी हुन् । उनको घाँटीमा कसैले थिचेको जस्तो दाग देखिएको र कोठामा रगतका छिटा पनि भेटिएको छ ।
यस्तो हुनसक्छ घटनाको कारण
प्रेमी समातिए छिमेकीकै वयानलाई आधार मान्दै प्रहरीले घटनामा संलग्न भएको अभियोगमा आशिष चौधरीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेका आशिष मनिषाका प्रेमी भएको खुल्न आएको छ । आशिष र मनिषाबीच प्रेम सम्बन्ध रहेको र त्यसकै कारण हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ । एसपी चौधरीले मनिषाको हत्या प्रेमीबाटै भएको हुनसक्ने आशंकामा अनुसन्धान सुरु गरिएको बताए । मनिषाको शव अहिले परासीस्थित अस्पतालमा राखेर पोस्टमार्टम गरिँदैछ ।

No comments