Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 3:42 AM 0

विगत सात बर्षदेखि नेपाली 'केयर गिभर' इजरायल नपुग्दा पनि यहाँका बृद्धाहरुको प्रमुख रोजाई उनीहरु नै छन् । कतिपयले सम्वन्धित निकायमा नेपाली नै पठाईदिन आग्रह समेत गर्ने गरेका छन् । नेपालीले आफूहरुको राम्रोसंग हेरचाह गर्ने र आफ्नै आमा-बुवा जस्तै गरेर सम्हाल्ने गरेको उनीहरुको अनुभव छ । नेपाली 'केयर गिभर' आउन नपाउँदा उनीहरु अन्यको साथ लिन बाध्य भएका छन् । पहिलो रोजाईमा नेपाली परेपनि उनीहरुले फिलिपिनोहरुलाईपनि राम्रै मान्छन् । 
सात बर्षपछि सरकारी स्तरबाट नेपाली 'केयर गिभर' ल्याउने पहल भएपनि प्रक्रिया सुस्त छ ।  इजरायल सरकारको तथ्यांक अनुसार वृद्धवृद्धाको हेरचाहमा ४५ हजार 'केयर गिभर'ले यहाँ काम गरिरहेका छन् । त्यसमा फिलिपिनोहरुको संख्या बढी छ । यहाँको जनसंख्या करिव ८२ लाख छ । यहाँ नेपाल, फिलिपिन्स, श्रीलंका, भारत, माल्दोआ, थाइल्याण्डलगायत बाट काम गर्न आउने गरेका छन् । 

इजरायलीको विशेष रोजाईमा नेपाली पर्ने गरेको को दूतावास अधिकारी र स्वयं काम गर्नेहरु बताउछन् ।
नेपाली सहयोगीको सहारामा हि्वल चेयरमा डुली रहेकी अवस्थामा जेरुसेलम ओल्ड सिटी अगाडि भेटिएकी मिमि नामकी एक बृद्धाले भनिन, 'नेपाली कामदारबाट म सन्तुष्ट छु । मैले मेरो श्रीमानको लागि पनि नेपाली नै माग गरेको छु । कताबाट आउछ थाहा छैन् । एजेन्सीले फिलिपिनो पठाउन खोजेको छ । तर मैले हुन्न भनेको छु । मेरो श्रीमान बोल्न सक्नुहुन्न् ।' मिमी जस्ता धेरैको मनमा नेपाली छन् । तर, उचीत प्रवन्ध र नेपाल सरकारको रणनीति अभाव एजेन्सीसंग नजिक रहेकाहरुको स्वार्थले गर्दा नेपालीले काम गुमाउदै आएका छन् । 

खाडी मुलुकमा १५ जना नेपालीले औसतमा कमाउने परिश्रमिक यहाँ एक नेपालीले कमाउने 'केअर गिभर'मा काम गर्दै आएका झापा सुरुङ्गाका मनोज खरेलले बताए । उनी भन्छन, 'यहाँ सबै खुशी छन् । काम राम्रो छ । जतिसक्दो नेपाली पठाउदा हुन्छ । पहल पनि भएको थाह पाएको छु । तर, कता चुकेको हो थाहा छैन । इजरायली बृद्धबृद्धाहरुलाई निश्चित अवधि भएपछि 'केअर गिभर' सरकारले उपलब्ध गराउने गरेको छ । सरकारले उपलब्ध गराउने भए पनि निजी क्षेत्रका कम्पनी त्यसको व्यवस्थापन गरिन्छ ।  
सरकारले हरेक बर्ष एक हजार भन्दा बढी नेपाली लिने भनिए पनि निजी कम्पनीले तलमाथि गर्दा समस्या भएर अहिले यस्तो अवस्था आएको नेपाली दूतावासका एक अधिकारीले बताए । झापा दमकमा पसल चलाउदै आए पनि नेपालमा बन्द हडतालको मारमा परेपछि लाखौ खर्चदै करिव एक दशक अघि इजरायल छिरेकी इन्दिरा कार्की पनि नेपालबाट धेरै भन्दा धेरै  चेलीलाई यहाँ पठाए हुने बताउँछिन ।

सबै सुरक्षीत र स्वतन्त्र रहेकाले पनि इजरायलमा सबै मुलुकको आउन खोज्नु स्वभाविक हो भन्दै उनले भनिन, 'नेपालीलाई ल्याउन जोड गर्न आवश्यक छ । तर, अहिले अवैध रुपमा अन्य मुलुकको कागज नेपाली आइरहेका छन् । बैधानिक च्यानल मार्फत यहाँबाट पैसा समेत नपठाएकाले नेपालीहरु प्रति सकारात्मक भावना परिवर्तन हुन सक्ने डर छ ।
विगत चार बर्ष देखि तेलअभिवमा लुना हारोनीलाई हेर्दै आएकी कार्की स्वयं विमारी पर्दा यहाको सरकार र परिवारले गरेको सहयोगको स्मरण गर्दै भनिन, 'इजरायलमा कुनै कुराको खोट लगाउने स्थान छैन । पैसा, सुरक्षा, स्वतन्त्रता, काम सबै छ । यसलाई सरकारले पनि बुझ्न जरुरी छ ।' 

श्रम मन्त्रालयले ध्यान नदिदा र म्यानपावर कम्पनीहरुले कामदारबाट मोटो रकम लिने दाउमा लाग्दा सन २००९ देखि नेपालीहरु इजरायल आउन रोकिएको हो । तर लाखौ खर्चेर अन्य मुलुकका पासपोर्ट बनाएर आउनेहरु भने अझै छन् । त्यस्ता समस्या भएकाहरु दुतावासमा समेत आउने गरेकोले अहिले भने त्यो रोकिदै गएको छ । लामो कूटनीतिक प्रयासपछि पुन नेपालीहरु इजरायल आउन थालेका छन । गत महिना नेपालमा छानिएका ५९ मध्ये १४ आएर काममा लागे । बाँकी अन्य ४५ मध्ये २४ आउने निश्चित भएको छ । बाँकीको अझै टुंगो लागेको छैन । 

यो मोडल सफल बनाएर धेरैलाई ल्याउन पर्ने राजदूत प्रल्हाद प्रसाईको जोड छ । 'यो मोडल सफल नभएमा र अन्य कुनै बाटो खोल्ने तर्फ लागेमा नेपाली आउने बाटो नै बन्द हुनेछ । यो बुझ्न जरुरी छ । सरकारी स्तरबाट ल्याउदा जस्तो अरु स्तरबाट हुदैन ,' उनले भने, 'यहाँको सरकारले निज क्षेत्रलाई अधिकार दिएको भए पनि कोटा सरकारले तोक्ने हुनाले यसमा समस्या छैन् । विगार्ने तिर कोही पनि जान हुँदैन ।'  
इजरायलले सबै मुलुकसँग राम्रो सम्वन्ध राख्नकै लागि कोटा छरेर ल्याउने हो अन्यथा एकै मुलुकबाट आउनेले नै पुग्ने थियो । जम्मा ४५ हजार चाहिने न हो, उनले सपष्ट पारे । 

«
Next
»
Previous

No comments

Leave a Reply