Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 2:16 AM 0

युएईमा एक नेपाली सहित १२ जनालाई एक गोदामबाट ५० लाख दिरहम (झण्डै नेरु साढे १३ करोड) बरावरको चोरी अभियोगको मुद्धा अदालतमा पुगेको छ । अभियोग लागेकाहरुमा एक नेपाली सहित एक भारतीय र १० जना पाकिस्तानी नागरिक रहेको समाचार गल्फ न्यूजले लेखेको छ । 
समाचार अनुसार ति नेपालीको नाम छोटकरीमा एन पी भनिएको छ । उनी सो गोदामको सुरक्षागार्ड भएको जनाइएको छ । उनले चोरीमा संलग्न पाकिस्तानी र भारतीयलाई १५ सय दिरहम(नेरु झण्डै ४१ हजार) रकम लिएर सामान चोर्न सघाएको समाचारमा उल्लेख छ । 
जुवेल अलि बन्दरगाहमा रहेको एक गोदामबाट ति चोरहरुले ३ हजार ३ सय १७ थान ल्यापटप चोरी गरेका थिए । उनीहरुले गाडीमा हालेर ति सामान गोदामबाट बाहिर निकालेका थिए । त्यसमा एक पाकिस्तानी नागरिकले सुरुमा ति नेपाली सुरक्षागार्डलाई आफूहरुसँग मिलाएको समाचारमा उल्लेख छ । 
घटना पश्चात प्रहरीले अनुसन्धान गर्दै जाँदा रहस्य पत्ता लगाएको थियो । त्यसपछि चोरीमा संलग्न व्यक्तिहरु पक्राउ परेका थिए । यस घटनाका बारेमा दुवई अदालतमा गत विहिवार पहिलो सुनुवाई भएको समाचारमा उल्लेख छ । एक पाकिस्तानी नागरिकले चोरीको घटनामा संलग्न भएको स्वीकारे पनि अन्य ११ जनाले भनें आफूहरु सो घटनामा संलग्न नभएको भन्दै आरोप स्वीकारेका छैनन् । 

«
Next
»
Previous

No comments

Leave a Reply