एउटा त्यस्तो क्यान्टिन जहाँ दालभात साढे ३ रुपैयाँ र मासु १० रुपैयाँमा पाइन्छ
Harek Samachar
5:00 PM
0
अहिलेको यो महँगीमा एक छाक भात, दाल, दुई थोक तरकारी र अचार खाँदा कूल साढे ३ रुपैयाँ लाग्छ भन्दा अपत्यारिलो लाग्न सक्छ। तर बाराको सिमरास्थित सूर्य नेपालभित्र रहेको क्यान्टिनमा हामी पुग्दा मानिसहरु त्यही रकममा खाना खाँदै थिए। थप खाना मगाउनेहरु पनि उत्तिकै। ३ रुपैयाँ ५० पैसा तिर्दा यहाँको क्यान्टिनमा ३ सय ५० ग्राम भात, २ सय ग्राम दाल, ५०/५० ग्राम तरकारी र एक चम्चा अचार पाइन्छ। हरेकको मूल्य कति हो प्रस्ट गरी राखिएको छ। एक छाक खाना खाँदा उनीहरुले ७५ पैसा भातमा तिर्छन् भने ५० पैसा दालमा तिर्छन्। दुई थोक तरकारीका लागि ५०/५० पैसाका दरले एक रुपैयाँ पर्छ। एक चम्चा अचारको भाउ भने २५ पैसा छ।
यो त रह्यो सादा खानाको। माछामासु पनि उपलब्ध हुन्छ यहाँ। मासु कति खाने त्यही अनुसार मूल्य निर्धारण गरिएको छ। आधा पाउ मासु खाने हो भने १० रुपैयाँ अतिरिक्त लाग्छ। त्यति नै पैसामा १ सय ५० ग्राम माछा खान पाइन्छ। एउटा अमेलटका लागि २ रुपैयाँ ५० पैसा तिर्नुपर्छ। उसिनेको अन्डाको पनि मूल्य २ रुपैयाँ २५ पैसा। अन्डाकरीको भाउ पनि त्यति नै। दालभात खान मन लागेन भने विकल्प पनि छ। रोटी ४ पिसका लागि १ रुपैयाँ ७५ पैसा पर्छ। त्यसबाहेक थप्ने हो भने गोटाको ५० पैसा तिर्नुपर्छ। नास्तामा पुरी र जेरी पनि पाइन्छ। ४० ग्रामको पुरी जेरीको मूल्य २ रुपैयाँ ५० पैसा पर्छ। समोसा चटनीसहित एउटाको ठीक १ रुपैयाँ। समोसाको तौल ७५ ग्रामको हुन्छ। अपत्यारिलो मूल्य सूची चमेना गृहमै टाँगिएको छ। यहाँका कर्मचारी र मजदुरले यही मूल्यमा क्यान्टिनमा खाना र खाजा खान्छन्।

No comments