Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 11:56 PM 0

महानगरीय प्रहरी अपराध महाशाखाले मात्रै पछिल्ला दस महिनामा २२ ठगीका मुद्दामा २४ एजेन्ट पक्राउ गर्‍यो । जसमध्ये अधिकांश वैदेशिक रोजगार विभागमा सूचीकृत नरहेको कान्तिपुर दैनिकले समाचार छापेको छ ।वैदेशिक रोजगारीमा हुने अधिकांश ठगीमा नक्कली एजेन्ट सक्रिय रहेको भेटिएको छ ।

गतवर्ष जेठ २६ को श्रम मन्त्रीस्तरीय निर्णयअनुसार सरकारले असार २१ गतेदेखि मलेसिया र खाडीका ६ मुलुकका लागि निःशुल्क भिसा र टिकटको नीति लागू गरेपछि सूचीकृत एजेन्टको संख्या हवात्तै घटेको छ । तर यही अवधिमा अवैध एजेन्टको बिगबिगी भने बढेको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकाल एजेन्टहरू म्यानपावर व्यवसायीको नियन्त्रणमा नहुने भएकाले नयाँ सूचीकृत एजेन्ट दर्ता नगरेको र भएका एजेन्टको पनि दर्ता खारेजी गरेको बताउँछन् ।
विभागको तथ्यांकअनुसार जेठयता विभागमा जम्मा सात नयाँ एजेन्ट सूचीकृत भएका छन् भने यही अवधिमा दर्ता खारेजी गर्ने एजेन्टहरूको संख्या ९३ पुगिसकेको छ ।

«
Next
»
Previous

No comments

Leave a Reply