आज दिउसै काठमाडौंको आकाशमा यस्तो के देखियो ?
Harek Samachar
1:39 AM
0
बिभिन्न समाचार माध्यम तथा सामाजिक सन्जाल बाट केही दिन यता देखी नेपालको बिभिन्न स्थान बाट आकाशमा अनौठो अनौठो स्पेसशिप देखिन थालेको समाचारहरु तथा तस्बिरहरु सार्वजनिक हुँदै आएका छन् । यथार्थ के हो भन्ने कुरै नबुझी सामाजिक सन्जाल प्रयोगकर्ताहरुले त्यस्ता तस्बिरहरु Facebook मार्फत Share गर्ने गरेका भेटिन्छन् ।

झ्वाट्ट हेर्दा कुनै अर्कै ग्रह बाट आएको स्पेसशिप नेपालको बिभिन्न स्थानमा देखिएको झुठ्हा र आधारहिन तस्बिरहरु सम्प्रेसण गरी सर्वसाधारणमा सनसनी र आतंक फैलाउने हेतुले ति सामाजिक सन्जाल प्रयोगकर्ताहरु सकृय देखिन्छन् । माथि काठमाडौंको तस्बिरमा पनि त्यस्तै स्पेसशिप देखिएको तपाईंहरुले देख्न सक्नु हुन्छ तर माथिको स्पेसशिप देखिएको तस्बिर वास्तविक नभई ग्राफिक्स् डिजाइनरले फोटोसप बाट बनाएको तस्बिर हो ।
बिना कुनै प्रमाण तथा आधार यस्ता तस्बिरहरु सार्वजनिक गर्ने सामाजिक सन्जालका प्रयोगकर्ता जती दोशी हुन् त्यति नै त्यस्ता समाचार र तस्बिरहरुको सत्य तथ्य नबुझी सामाजिक सन्जालको हल्लै हल्ला पछी लाग्नु तपाईं हाम्रो पनि कमजोरी हो । त्यसैले आफ्नो Facebook Page को प्रचार प्रसार गर्न यस्ता गम्भिर र अनावश्यक समाचारहरु सार्वजनिक गर्ने त्यस्ता सामाजिक सन्जालका प्रयोगकर्ताहरुलाई सम्बन्धित निकायले कार्वाही गर्नुपर्ने कुरोमा सर्वसाधारणले जोड दिँदै आएका छन् । र केही दिन यता देखी चर्चामा रहेको यो तस्बिर र समाचार झुट्ठा र गलत भएको पनि जानकारी गराउन चाहान्छौँ ।
No comments