आजको राशिफल – मिति वि.सं. २०७३ साल जेठ १५ गते शनिबार
Harek Samachar
3:24 PM
0
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्यजस्ता क्षेत्रमा रुचि बढ्नेछ। मध्याह्नपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ। आयस्रोत कमजोर बन्ने सम्भावना छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला। जिम्मेवारी बढ्नेछन्। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला। मध्याह्नदेखि स्थितिमा सुधार आउनुका साथै विभिन्न अवसरले पछ्याउनेछन्। भविष्यका लागि विशेष काममा जग बसाउने मौका प्राप्त हुनेछ।दिगो आम्दानी हुने काम प्राप्त हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा आस मारेको फल प्राप्त हुन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। अपराह्नदेखि व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। अवसरवादीहरूले झुक्याउन सक्छन्। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ। सोचेको लाभ नमिल्न सक्छ। केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। आफन्तसँग असमझदारी बढ्न सक्छ। बाध्यताका काममा अलमलिनुपर्ला। पतिपत्नीमा अविश्वास बढ्ने योग छ। सामान्य आम्दानी भइरहनेछ। मध्याह्नपछि व्यवसायमा फाइदै हुनेछ। हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सुरुमा चुनौती देखिए पनि प्रयत्न गर्दा काम सम्पादन हुनेछन्। मध्याह्नपछि विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। पहिले दुश्मनी गर्नेहरूले मित्रताका हात अघि बढाउन सक्छन्। उपलब्धिले थप उत्साह जगाउनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
समयमा होश नपुग्नाले चुनौती झेल्नुपर्ला। प्रतीक्षित नतिजा सकारात्मक नदेखिनाले मन खिन्न हुनेछ। मध्याह्नदेखि रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। सहपाठी तथा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
कमजोर मानसिकताले पछि परिनेछ भने बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। पुरानो गतिले काम बिग्रन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। अपराह्नपछि ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। स्वास्थ्य पनि कमजोर बन्न सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतीक्षित नतिजाले उत्साह बढाउनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। थोरै लाभांशले ठूलो आवश्यकता पूरा हुनेछ। मध्याह्नदेखि घरेलु कामकाजमा बाधा र अरूको भर पर्दा धोका हुन सक्छ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। नाता गाँस्नेहरूबाट सजग रहनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आलोचकहरूको टिप्पणीले आत्मसम्मानमा चोट पुर्याउन सक्छ। कामको प्रक्रिया नमिल्नाले दुःख पाइनेछ। श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ। मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। मान–सम्मान पनि पाइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पारिवारिक जमघटले आनन्दित तुल्याए पनि सोचेको काम समयमा सम्पादन गर्न नसकिएला। निर्णायक क्षमतामा कमी आउला। हातमा आएको प्रतिफल गुम्न सक्छ। आलस्य गर्नाले पछि परिनेछ। अधैर्य व्यवहारले मध्याह्नपछि समस्या निम्त्याउन सक्छ। भेटघाटमा अलमलिनाले चिताएको काममा बाधा पुग्नेछ। फाइदाका लागि बोली–व्यवहारमा सजग रहनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
खर्चको मात्रा बढ्ने समय छ। आफन्त एवं नजिकका साथीभाइबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। कमजोरी लुकाउँदा पछि परिनेछ। समस्या दर्साउँदा टाढाका साथीभाइले सहयोग जुटाउन सक्छन्। मध्याह्नदेखि स्थितिमा सुधार आउनुका साथै विभिन्न अवसर पाइनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन होला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। सिक्ने अवसर मिल्नेछ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। मध्याह्नदेखि अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिवारजनबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभावले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला।

No comments