बिकट हिमाली जिल्ला मुुगुका लागि त सुनकली नै मेस्सी सरह हुन्,जसले फुटबल खेलेर जिल्लावासिलाई खुशी हुने अवसर दिएकी छिन- भिडियो हेर्नुस
Harek Samachar
3:53 PM
0
बिकट हिमाली जिल्ला मुुगुका बालिकाले फुटबलमा देखाएको सफलतामा आधारित रहेर निर्माण भएको वृत्तचित्र ‘सुनकली’ प्रलुनी मुगुको सदरमुकाम गमगढीमा प्रदर्शनी गरिने भएको छ । सुनकलीको देश विदेशमा गरिएको प्रदर्शनबाट संकलित रकम मुगुको बिभिन्न क्षेत्रमा खर्च गरिने भएको छ । जिल्ला विकास समितिको सभा हलमा जेठ ११ देखि १६ गतेसम्म प्रदर्शन हुने ‘सुनकली’ वृत्तचित्रबाट संकलित रकम सुनकली बुढाको खेलाडी टोली र समग्रमा सुनकलीको रुगा गाविसका विद्यालयमा अध्ययन गरिरहेका बालिकाहरुका शिक्षा क्षेत्रमा खर्च गरिने निर्माता असल छिमेकी नेपाल मुगु सामुदायिक परियोजनाले जानकारी दिएको छ ।
विभिन्न देशमा प्रदर्शन गरि संकलन भएको १४ लाख रकम रुगा गाविसका विद्युत नपुगेका वस्तीमा ‘एक घर, एक सोलार’ कार्यक्रम सञ्चालन गरिने छ । विभिन्न दातृ निकाय सरकारी तथा गैर सरकारी निकायसँग स्रोत जुटाएर सुनकली परियोजना सञ्चालन गरि बालिकाको शिक्षा र सामाजिक सशक्तिकरणमा जोड दिईने छ ।

No comments