नेपालको राष्ट्रिय फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनीको विभत्स हत्या अभियोगमा दुई जना पक्राउ- भिडियो हेर्नुस
Harek Samachar
11:07 PM
0

नेपाली फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्ती मगरकी बहिनीको हत्या भएको छ । विमलकी बहिनी १७ वर्षीया मनिषा नवलपरासीको बर्दघाट ८ भुताहस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी हुन् । गएराति उनी घरमा एक्लै थिइन् । उनकी आमा वुटबल गएको बताइएको छ । विहान मनिषा मृत अवस्थामा भेटिएको भन्दै गाउँलेले खबर गरेपछि प्रहरी टोली पुगेको थियो ।
अहिले उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल परासीमा लगिएको छ । विमल उपचारका क्रममा बेल्जियममा रहेका र आमा कामको सिलसिलामा बुटवल गएका बेला एक्लै घरमा बसेकी मनिषाको हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।
No comments