Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 12:15 AM 0

प्रविधिको विकाश यति तिव्र गतिमा हुँदैछ की अब कागजको पासपोर्ट एकादेशको कथा बन्दैछ 
बेलायतको एउटा कम्पनी एक नविनतम प्रविधिको खोजमा जुटिरहेको छ जसले कागजी पासपोर्टको युग अन्त्य गरिदिनेछ र अध्यागमनमा पासपोर्टको साटो आफुले बोकेको मोबाइलले नै काम चल्नेछ ।

passport and phone(1)

विश्वमा सबैभन्दा ठूलो पासपोर्ट उत्पादक तथा बेलायतको बैंकनोट मुद्रण गर्ने कम्पनी डे ला रोएले स्मार्टफोनमै पासपोर्ट इम्बेेड गर्ने योजनाको घोषणा गरेको छ । दी टाइम्सले कम्पनीका प्रमुख कार्यकारीको हवाला दिँदै अध्यागमन नियन्त्रणमा समेत काम लाग्ने मोबाइल फोनमा आधारित सुरक्षित सूचना प्रणाली विकाश गर्ने परियोजनामा कम्पनीले काम सुरु गरिसकेको छ ।

सूचना प्रविधिको वर्तमान युगमा सायद एउटा मात्र गैर डिजिटल अर्थात् कागजी डकुमेन्ट भनेकै पासपोर्ट बाँकी छ । एयरलाइन्स टिकेट पनि प्रत्यक्ष रुपमा मोबाइल फोनमै उपलब्ध हुने भैसकेको छ । अहिले पासपोर्टको पहिचान प्रणालीलाई डिजिटल स्वरुपमा ढाल्ने र सरकारबाट यसको स्विकृति प्राप्त गर्नु कम्पनीका लागि सबैभन्दा महत्वपूर्ण छ ।

स्मरण रहोस् अमेरिकाको मियामी तथा एटलान्टामा मोबाइलमा आधारित इमिग्रेसन क्लियरेन्स सिस्टम परीक्षणका रुपमा लागु गरिसकिएको छ । जस अनुसार यात्रुहरुले आफ्नो भन्सार सूचना हाल्नका लागि फोनको प्रयोग गर्न सक्दछन् । तर कागजवीहिन पासपोर्टको विकाश गर्ने कुरा अझै निकै सुरुवाती अवस्थामा रहेको र तत्कालै यसले मूर्तरुप पाउन भने कठिन भएको डे ला रोए कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्टिन सुदरल्याण्डको भनाई छ ।

«
Next
»
Previous

No comments

Leave a Reply