Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 1:31 AM 0

बेल्जियमको राजधानी ब्रसेल्समा रहेको विमान स्थलमा विस्फोट भएको छ । ब्रसेल्सको जावेन्टम विमानस्थलमा दुई वटा बम विस्फोट भएको बेल्जियमका सरकारी अधिकारीले बताएका छन् । विस्फोटमा केही मानिसको ज्यान गएको बेल्जियमको  सरकारले पुष्टी गरेको छ । तर कति जनाको ज्यान गएको छ भन्ने बारेमा भने केही जानकारी दिएको छैन । विस्फोटको कारण खुलेको छैन । विस्फोट लगतै विमानस्थल खाली गराइएको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

गएको नोभेम्बर १३ मा फ्रान्सको राजधानी पेरिसमा एक सय ३० जनाको ज्यान जानेगरी भएको आतंककारी आक्रमणका प्रमुख आक्रमणकारी सालह अब्देसलाम ब्रसेल्सबाट पक्राउ परेको चार दिनपछि विमानस्थलमा विस्फोट भएको हो । विमानस्थलमा अरु पनि बम हुन सक्ने आशंकामा खोजी भइरहेको बिबिसीले जनाएको छ । विस्फोटपछि विमानस्थलबाट गरिने सबै उडान रद्द गरिएको छ ।

                       

«
Next
»
Previous

No comments

Leave a Reply