सिंगापुर, लण्डन र दिल्लीमा चल्ने जस्तै अत्याधुनिक बस काठमाडौंमा, के रहेछ त मेट्रो बसका विशेषता { पुरा पढनुहोस }
Harek Samachar
3:20 AM
0
चालक र सहचालकको रुखो बोली, महिला यात्रुलाई दुव्र्यवहार, सरकारले तोकेको भन्दा बढी भाडा तिनुपर्ने बाध्यता, ठाउँठाउँमा रोकेर हैरान पार्ने प्रवृत्ति । काठमाडौंको लोकल बसमा यात्रा गर्ने धेरै यात्रुले दिनहुँ भोग्नुपर्ने समस्या हो, यो ।
यात्रुका यस्ता समस्या समाधान गर्न भन्दै एउटा निजी यातायात समितिले अत्याधुनिक र सुविधासम्पन्न बस सञ्चालन गर्दैछ । समितिको योजना र दाबी साँच्चै व्यवहारमा देखिने हो भने काठमाडौंको लोकल बसमा यात्रा गर्दा सिंगापुर, लण्डन र दिल्लीमा यात्रा गरे सरह अनुभव यात्रुले गर्न पाउनेछन् । महानगर यातायात प्रालिले आइतबारदेखि अत्याधुनिक प्रविधी जडित हाइटेक मेट्रो बस सुरु गर्न लागेको छ । सुरुमा ३९ वटा बस चक्रपथमा मात्र गुड्नेछन् । त्यसपछि अरु ठाउँमा पनि बिस्तार गर्ने तयारी छ । एउटा बस तयार पार्न झण्डै ४१ लाख खर्च लागेको समितिले जनाएको छ ।
‘हामीले दिल्ली, सिंगापुर र लण्डनमा चल्ने बस हेरेर त्यस्तै सुविधा सहितको बस चलाउन लागेका हौं’ महानगर यातायात समितिका उपाध्यक्ष सन्तोष खतिवडाले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘नेपालमा अहिलेसम्म चलेका बसमध्ये हाम्रो बस सबैभन्दा आधुनिक र सुविधासम्पन्न छन् ।’
मेट्रो बसका विशेषता
- महिला परिचालिका : महानगरको बसको ढोकामा पुरुष नभएर महिला परिचालिका उभिनेछन् । उनीहरुले नै यात्रुसँग भाडा उठाउनेछन् । ‘महिलाहरुको आचरण असल हुने र यात्रुलाई गर्ने व्यवहार पनि राम्रो हुने भएकाले महिला परिचालिका राख्न लागिएको हो’ समितिका उपाध्यक्ष खतिवडाले भन्नुभयो ।
- मोबाइलबाटै जानकारी : महानगर यातायातले मोबाइल एप्लिकेशन पनि तयार पारेको छ । आइतबार दिउँसो उद्घाटन भएलगत्तै मोवाइल एप सार्वजनिक हुनेछ । ‘लोकेसन ट्रयाकिङ’ सिष्टमसहितको मोबाइल एप्सबाट बस चढ्न खोज्नेले आफ्नो निवासबाटै नजिकको दूरीमा रहेको बस र यसमा रहेका यात्रुको संख्याबारे समेत जानकारी लिन सक्नेछ ।
- सिसिटिभी र निःशुल्क वाईफाई : हिजोआज चल्ने अरु अध्याधुनिक बसमा जस्तै यो बसमा पनि निःशुल्क वाइफाइ तथा एलइडी टेलिभिजन समेत सुविधा रहेको समितिले जनाएको छ । सबै बसभित्र सिसिटिभी क्यामेरा जडान गरिएको छ । यस्तै हिडन क्यामरा पनि रहेको र यात्रुमाथि हुने दुर्व्यवहार र चोरी रोक्न यसले मद्दत पुग्ने समितिले जनाएको छ ।
- भाडादर सस्तो : काठमाडौंमा चल्ने धेरै बसले सरकारले तोकेको न्युनतम भाडादर कार्यान्वयन गरेका छैनन् । १३ रुपैयाँ लिनुपर्ने ठाउँमा १५ रुपैयाँ नै लिन्छन् । साझा बसले मात्र न्युनतम भाडादर लागु गरेको छ । महानगर यातायातले पनि सरकारले तोकेको भाडा मात्रै लिने समितिले जनाएको छ । समितिका अनुसार न्यूनतम १३ रुपैयाँदेखि चक्रपथ पुरै घुम्दा २४ रुपैयाँसम्म भाडादर कायम गरिएको छ ।
समितिका अनुसार हरेक स्टेशनमा ५ मिनेटको फरकमा बस पुग्ने गरी व्यवस्था मिलाइएको छ । स्टेसनमा पुगेको जानकारी बसमा रहेको डिस्प्ले स्क्रिन र आवाजबाट यात्रुले सुनिने गरी दिने सुविधाको व्यवस्था गरिएको छ ।

No comments