Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 5:15 PM 0

बलिउडका दबंग सलमान खानको साथ पाउनका लागि करोडौँ मानिस मरिमेट्छन्, तर एक व्यक्ति यस्ता छन् जो सँधै सलमानको छायाँ जस्तै उनका साथ हिँडिरहन्छन्, चाहे जस्तो सुके हालत होस्- त्यो हो सलमानको बडिगार्ड ‘शेरा’। करीब दुई दशकदेखि सलमानको छायाँ बन्दै आएका शेरा उनका हरेक कुरामा सामेल हुन्छन् ।
Salman and his Bodyguard Shera (2)बाल्यकालदेखि नै शेरालाई बडिबिल्डिङ्गको रुचि थियो। यहि कारण उनी सन् १९८७ मा जूनियर मिस्टर मुम्बई र त्यसको अर्को वर्षमा जूनियर मिस्टर महाराष्ट्र बन्न पुगे । सिख परिवारमा जन्मिएका शेराका पिता मुम्बईमा मेकानिक्सको काम गर्थे। तर उनको एक्लो सन्तान शेराले भने अर्कै बाटो रोजे।एक साथीको सल्लाह अनुसार उनले फिल्मस्टार र अन्य बिजनेसम्यानलाई सुरक्षा उपलब्द गराउने काम सुरु गरे । 

यसरी नै कैयौँ फिल्मी सेलिब्रिटिहरूलाई सुरक्षा दिनेक्रममा सन् १९९५ मा उनको जीवनमा एउटा नयाँ मोड आयो, जब सोहेल खानले उनीसँग सलमानको विदेशी भ्रमणको लागि सेवा मागे। उनको सेवादेखि प्रसन्न भएका सलमानले त्यसपश्चात सँधैको लागि उनीसँग नाता जोडे र आफ्नै घरेलु सदस्यको मान्यता दिँदै आए।फ्यानहरूको भीडबाट सलमानलाई सुरक्षित बाहिर निकाल्नको लागि सुरुसुरुमा उनको कपाल बाधक बन्न पुग्यो, त्यसैकारण इमान्दारीताको लागि उनले आफ्नो कपाल समेत मुण्ड्याए ।
Salman and his Bodyguard Shera (8)
सलमानले शेरालाई आफ्नै घरको सदस्य जस्तै व्यवहार गर्छन्। उनको ‘बडिगार्ड’ चलचित्र पनि शेराबाटै प्रेरित भएर बनाएको सलमान बताउँछन्। यस फिल्मको लागि सलमानलाई एक सेक्युरिटी एजेन्सीको लोगो लगाउनको लागि ७ करोड को अफर आएको थियो, तर सलमानले त्यस प्रस्तावलाई सजिलै अस्वीकार गर्दै आफ्नै बडिगार्ड शेराको कम्पनी ‘टाइगर सेक्युरिटी’को लोगो लगाए। सलमानको सुरक्षाको क्रममा शेरा सँधै शान्त भएर बस्छन्। उनी भन्छन् कि यस्तो पेसामा शान्त भएर बस्नु एकदमै जरुरत हुन्छ। कसैले ऊसँग कुरा गर्न आएपनि, एकदमै विनम्रताका साथ थोरै मात्र बोल्छन्।

«
Next
»
Previous

No comments

Leave a Reply