Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 1:09 AM 0

मंंगलबार बिहानै गएको ४.५ म्याग्निच्यूडको भूकम्पले सिन्धुपाल्चोकमा जमिन फाटेको छ । बिहान ३ बजेर १२ मिनेटमा गएको यो भूकम्पले सिन्धुपाल्चोकको सेलाङ गाविसस्थित बाँसखर्कमाा रहेको भूकम्पपीडितको बस्तीमै जमिन फाटेपछि स्थानीय त्रसित भएका छन्
सोमबारदेखि असिना पानी परेसँगै चलेको हावाहुरीले अस्थायी छाप्राका त्रिपाल उडाएपछि बिचल्लीमा परेका बाँसखर्कका डेढ सय परिवार भूकम्पपीडित जमिन फाटेपछि झनै आतंकित भएका छन् ।
जमिन फाटेपछि त्यहाँ पहिरो जाने डरले भूकम्पपीडितको चिन्ता बढाएको छ । बैशाख १२ को भूकम्पपछि पनि त्यस आसपासमा जमिन फाटेर पहिरोसमेत चलेको थियो ।
‘हावाहुरीले बिचल्ली बनाएका बेला भुइँचालो आएपछि जमिन चिराचिरा परेको छ’, बाँसखर्कमा बस्दै आएका भूकम्पपीडित जरेबहादुर तामाङले भने, ‘छाप्रा भएकै बस्तीमा जमिन फाटेपछि यहाँबाट पनि भाग्ने अवस्था आएको छ ।’
सोमबारको हावाहुरी बाँसखर्कमा रहेका डेढ सय बढी भूकम्पपीडितका अस्थायी छाप्रा उडाइदिएको थियो । अहिले भूकम्पले चिरिएकै ठाउँमाा पीडितहरुले हावाहुरीले उडाएको छाप्रो बनाइरहेका छन् ।
हावाहुरीले छाप्रो उडाएपछि बिरामी रहेका भूकम्पपीडितको झनै बिजोग भएको छ । रुघा, ज्वरो र झाडा पखालाबाट पीडित स्थानीयले भूकम्पले चिरिएकै ठाउँमा छाप्रो हालिरहेका छन् ।
घर बनाउन नसकेका आर्थिकरुपमा कम्जोर भूकम्पपीडितहरु त्यहाँ बस्दै आएका छन् । बाँसखर्कमा गोल्छे, गुम्बा, स्याउले, बतासे र सेलाङ गाविसका भूकम्पपीडित अस्थायी छाप्रोमा बसिरहेका थिए ।
आज बिहान तीन बजेर १२ मिनेट जाँदा सिन्धुपाल्चोकको सेलाङलाई नै केन्द्रविन्दु बनाएर ४.५ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
श्रोत : अन्नपूर्ण पोष्ट,

«
Next
»
Previous

No comments

Leave a Reply