जापानले ५ पाँच वर्षसम्म विदेशीका लागि निशुल्क भिसा दिने
Harek Samachar
11:09 PM
0
जापान सरकारले अर्को पाँच वर्ष सम्म जापान आउँने विदेशी नागरिकहरुका लागि भिसा प्रक्रिया सरल बनाउँने भएको छ । साथै भिसा शुल्क समेत घटाउँने तयारी गरिएको छ ।

जापानको परराष्ट्र मन्त्रालयले शुक्रवार जनाए अनुसार फुकुशिमा,इवाते र मियागी भ्रमणका लागि आउँने विदेशी पर्यटकहरुलाई ध्यानमा राखी भिसा प्रक्रिया सरल बनाउँनुको साथै भिसा निशुल्क रुपमा उपलब्ध गराइनेछ । सन् २०११ को मार्च महिनामा आएको महाविनाशकारी सुनामी प्रभावित क्षेत्रको रुपमा चिनिने उक्त क्षेत्रमा पर्यटकीय गतिविधि बढाउँन सरकारले यस्तो तयारी गरिएको मन्त्रालयले जनाएको छ ।
अहिले जापान सरकारले विदेशी पर्यटकहरुबाट सिंगल इन्ट्री वापत ३ हजार येन र मल्टि इन्ट्री वापत ६ हजार येन भिसा शुल्क लिदै आएको छ । तर पर्यटकहरुले आफू जापान भ्रमणमा आउँने चाहेको प्रष्ट कारण सहित हवाइ टिकट समेत संलग्न गरि डकुमेन्ट बुझाउँनुपर्ने व्यवस्था गरिएको जापान टुडेले उल्लेख गरेको छ ।
No comments