भर्खरै पाकिस्तानमा भएको बम विस्फोटमा परि ५२ जनाको घटनास्थलमा ज्यान गयो भने सयौ घाइते { भिडियो सहित }
Harek Samachar
11:24 AM
0
पाकिस्तानको लाहोरमा आत्मघाती आक्रमण हुँदा कम्तिमा ६० जनाको ज्यान गएको छ । लाहोरको गुलसन ए एकबाल पार्कमा आइतवार साँझ भएको आत्मघाती हमलामा अन्य सयौंजना घाइते भएका छन् । घटनास्थलमा रहेका प्रत्यक्षदर्शीकाअनुसार यो आत्मघाती हमलामा प्रयोग भएका व्यक्तिले आफूलाई विस्फोटक पदार्थ भरिएको बेल्ट बाँधेका थिए समाचार अनुसार आत्मघाती हमलामा संलग्न व्यक्तिले करिब १० किलोको विस्फोटक पदार्थले आफूलाई विस्फोट गराएका थिए ।
घटनापछि त्यहाँ सेनालाई तैनाथ गरिएको छ । आत्मघाती विस्फोटपछि उद्धार टीम तुरुन्तै घटनास्थलमा पुगेको थियो ।
पाकिस्तानी टेलिभिजन जियो न्यूजका अनुसार आइतबार ईस्टर भएकाले पार्कमा हजारौं मानिसको भीड थियो । त्यही भीडलाई लक्षित गरि विस्फोट गराइएको समाचारमा उल्लेख छ । घटनापछि सुरक्षकर्मीको टोलीले पार्क र आसपासको स्थानलाई आफ्नो कब्जामा लिएको छ । अहिले सयौं सुरक्षाकर्मीले सर्च अप्रेशनलाई तीब्र पारेका छन् ।

No comments