यूएई ल्होछारको समिक्षा, आर्थिक पक्षमा सफल भएको प्रतिबेदन
Harek Samachar
4:28 AM
0
तामाङ समाज यूएईद्वारा आयोजित सोनाम ल्होछार २८५२ टे ल्हो – ल्होछार साँझ २०१६ कार्यक्रमको समिक्षा बैठक सम्पन्न गरेको छ । तामाङ समाज यूएईका अध्यक्ष महेश मोक्तानको अध्यक्षतामा बसेको बैठकमा समाजका केन्द्रिय पदाधिकारीहरू लगायत सम्पूर्ण क्षेत्रीय समितिका पदाधिकारीहरूको सहभागी रहेको थियो । समाजको आबुधाबी, दुबई, शारजाह र अल ऐन क्षेत्रीय समितिहरू रहेका छन् ।

ल्होछार समिक्षा बैठकको बिषय-बस्तुहरू महासचिब सनिल घिसिङ लामाले प्रस्तुत गरेका थिए । बैठकमा उपस्थित लामा गूरू तथा अल ऐन क्षेत्रीय समितिका उपाध्यक्ष बिजय लामा, आबुधाबी क्षेत्रीय समितिका अध्यक्ष शुक्रबीर रूम्बा, दुबई क्षेत्रीय समितिका अध्यक्ष ज्ञानु लामा र सचिब मिलन लामा, शारजाह क्षेत्रीय समितिका सचिब उमेश थोकर, केन्द्रिय उपाध्यक्ष (द्धितीय) जितेन्द्र तामाङ र केन्द्रिय प्रवत्ता जय देब घिसिङ लगायतका पदाधिकारीहरूले क्षेत्रीय र केन्द्रिय समितिहरूको प्रतिनिधित्व गर्दै सोनाम ल्होछार २८५२ टे ल्हो – ल्होछार साँझ २०१६ कार्यक्रममा केहि कमि-कमजोरीहरू भएता पनि समग्रमा ल्होछार कार्यक्रम भव्य-सभ्य रूपमा सफलतापूर्वक सम्पन्न भएकोमा खुसी ब्यक्त गरेका थिए ।
यसैगरी बैठकमा आबुधाबी क्षेत्रीय समितिका कोषाध्यक्ष उमेश लामाले तामाङ समाज यू.ए.ई. द्धारा संचालित सपोर्ट माई स्कूल (एस.एम.एस.) कार्यक्रम सम्बन्धि प्रतिबेदन पेश गर्नुभएको थियो । समाजले २०१२ मा स्थापित गरेको एस.एम.एस. कार्यक्रम अन्तर्गत हाल सम्म जोगेश्वर माबि. महादेबटार गा.बि.स – १, काभ्रे (२०१२), श्री घ्युल देबी नि.मा.बि. गोल्छे गा.बि.स – ३, सिन्धुपाल्चोक (२०१३) र श्री जनहित राष्ट्रिय प्राथमिक बिधालय, पदमपुर गा.बि.स – ८, चितवन (२०१४) लगायतका बिधालयहरूलाई आर्थिक सहयोग प्रदान गरि सकेको र २०१५ को सहयोग कार्यक्रमका लागि कार्यहरू अघि बढिरहेको जानकारी गराउनु भयो ।
तामाङ समाज यू.ए.ई.ले २०१२ पश्चात प्रत्येक बर्ष तामाङ जातिको बढि बसोबास भएको जिल्लामा स्थापित अति कमजोर अबस्था भएको बिधालयलाई शैक्षिक गुणस्तर तथा जागरण अभिवृद्धि र भौतिक संरचना पूर्णनिर्माण तथा बिकासको लागि आर्थिक सहयोग गर्दै आईरहेको छ ।

तामाङ समाज यू.ए.ई.ले २०१२ पश्चात प्रत्येक बर्ष तामाङ जातिको बढि बसोबास भएको जिल्लामा स्थापित अति कमजोर अबस्था भएको बिधालयलाई शैक्षिक गुणस्तर तथा जागरण अभिवृद्धि र भौतिक संरचना पूर्णनिर्माण तथा बिकासको लागि आर्थिक सहयोग गर्दै आईरहेको छ ।

समाजका अध्यक्ष महेश मोक्तानले लेखा बिबरण पेश गर्दै कार्यक्रम ब्यबस्थापकिय र आर्थिक पक्षमा सफल भएको प्रतिबेदन पेश गरेका थिए | वहाँले ल्होछार कार्यक्रम सफल बनाँउन सक्रिय भुमिका खेलेका केन्द्रिय र क्षेत्रीय समितिहरू लगायत समाजका सम्पुर्ण सदस्यहरू र सहभागी कलाकारहरूलाई धन्यबाद व्यक्त गर्नुभएको थियो |
सोनाम ल्होछार २८५२ टे ल्हो ल्होछार साँझ २०१६ का कलाकारहरू र स्वयंमसेवकहरूलाई प्रशंसा पत्र र मायाको चिनो समिक्षा बैठकमा हस्तानतरण गरिएको थियो ।
No comments