Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 6:10 AM 0

बानी भनौँ या बाध्यता, कसै-कसैलाई सामान्य भन्दा बढि नै पिसाब लागिरा’को हुन्छ। घरमै बसिराख्दा पनि आधा-आधा घण्टामा अथवा पन्ध्र-पन्ध्र मिनेटमा बाथरुम छिर्नै पर्ने हुन्छ। पानी बढि भएको होला भनेर कम पानी खान थाल्दा पनि पिसाबयन्त्रले पत्तो पाउँदैन। यस्तो अवस्थाबाट गुज्रिने सोँचेको भन्दा धेरै जना हुन्छन्। तर किन हुन्छ यस्तो ?

आजको अङ्कमा हामी तपाईँहरूलाई ‘छिनछिनमै पिसाब किन लागिरहन्छ ? भन्ने बारेमा केहि जानकारी दिन गैरहेका छौँ ।
१. सामान्य बानीलाई नै तपाईँले नचिन्नुभएको हो कि?
हुन त तपाईँलाई ‘धेरै’ जस्तो लाग्न सक्छ, तर तपाईँले दिनमा पिउनुभएको तरल पदार्थको मात्रालाई तुलना गर्ने हो भने, दिनमा ८ चोटिसम्म पिसाब लाग्नु भनेको ‘सामान्य’ नै हो। झ्याउ लाग्न छुट्टै कुरा हो, तर रातिको बेला एक चोटि पिसाब लाग्नु भनेको पनि सामान्य नै हो। यदि तपाईँलाई आफ्नो बानीप्रति विश्वास नलागे, कति-कति बेला पिसाब लाग्छ नोटमा टिपेर राख्नुहोस् अनि तुलना गर्नुहोस्।
२. थैली नै सानो पनि हुन सक्छ
छिनछिनमा पिसाब गरिराख्नुपर्नेहरूको यो राम्रो बाहना हो- “मेरो थैली नै सानो छ!” तर यो सत्य कुरा नै हो। शारीरिक बनावटलाई हेर्ने हो भने, सबैको शरीर फरक-फरक हुन्छ। जसरी कोहि अग्लो कोहि होँचो हुन्छ, त्यसरी नै कसैको पिसाब थैली सानो त कसैको ठूलो हुन्छ। सामान्तयताः एउटा व्यक्तिको पिसाब थैलीले २ कप पिसाब थाम्न सक्छ, त्यो भनेको ३०० देखि ४०० मिलिलिटर हो। यदि तपाईँलाई आफ्नो पिसाब थैली सानो छ जस्तो लाग्छ भने जाँच पनि गर्न सक्नुहुन्छ। एउटा कप लिनुहोस् र नाप्नुहोस्।
यदि साँच्ची नै तपाईँको थैली सानो छ भने त्यसलाई तपाईँले ट्रेनिङ्ग पनि गर्न सक्नुहुन्छ, धेरै थाम्नको लागि। सबैभन्दा बढि पिसाब थाम्न सक्ने मानिसहरूको आँकडा हेर्दा शिक्षक र नर्सले बढि थाम्न सक्दोरहेछन्। हाम्रो थैलीको खास कुरा नै त्यहि हो, जब भरिन्छ तब तन्किन्छ। फेरि पिसाब थामेर बस्नु हुँदैन भनेर कत्तिले जति बेला मन लाग्यो उतिबेला बाथरुम छिर्ने गर्छन्। “तर यसो गर्दा थैलीको बानी बिग्रिन्छ।”, मूत्रविशेषज्ञ भन्छन्- “थामेर राख्नु र तन्काउनु भनेको फरक कुरा हो। हाम्रो थैलीलाई ट्रेनिङ्ग दिन सकिन्छ।”
हाम्रो थैलीलाई धेरैबेरसम्म थामेर बस्नको लागि यसरी ट्रेनिङ्ग दिन सकिन्छ- मन लागेपनि नलागेपनि २/३ दिनसम्म ३०-३० मिनेटमा पिसाब गर्न जानुहोस् । अब त्यसमा १५ मिनेट थपेर हरेक ४५ मिनेटमा पिसाब गर्नुहोस्, ३/४ दिनसम्म यसलाई निरन्तरता दिनुहोस् । फेरि त्यसमा १५ मिनेट थपेर हरेक घण्टामा पिसाब गर्नुहोस्। यसरी १५-१५ मिनेट थप्दै आफ्नो थैलीलाई ट्रेन गर्न सकिन्छ।
३. कतै चाहिने भन्दा थोरै पानी त पिउनुभएको छैन ?

हो, यदि तपाईँलाई छिनछिनमै पिसाब लागिराख्ने समस्या छ भने तपाईँको शरीरमा पानीको मात्रा कमि पनि भएको हुन सक्छ। “जब पानी कम पिइन्छ, तब हाम्रो पिसाब त्यति नै बढि बाक्लो हुन्छ, जसमा एसिडको मात्रा बढि हुन्छ। त्यसैले गर्दा थैलीलाई जलन हुन थाल्छ र पिसाब लागेको महशुस हुन्छ।”, ग्रिनलिफ भन्छन्। त्यसैले अलि बढि पानी पिएर विचार गर्नुहोस्, धेरै बेरसम्म थाम्न पनि सक्नुहुन्छ । फेरि एकैचोटि धेरै पानी पिउँदा पनि राम्रो हुँदैन। ठिक्क पिउनुहोस् ताकि तपाईँको पिसाबको रङ्ग खैरो परालको जस्तो होस्।
४. थैलीमा सङ्क्रमण अथवा मृगौलाको पत्थरी त भएको छैन?
पिसाबथैलीको सङ्क्रमण र मृगौलामा पत्थरी हुँदा पनि थैलीमा जलन गराउँदछ र सामान्यभन्दा बढि पिसाब लाग्न सक्छ। तर फेरि दुवैको लक्षण पनि फरक फरक हुन्छ। विशेष गरी मृगौलाको पत्थरी हुँदा कम्मर पछाडि अत्याधिक दुख्छ भने थैलीको सङ्क्रमण हुँदा जतिबेला पनि तुरुन्तै पिसाब गर्नैपर्ने अवस्था सृजना हुन्छ र पिसाब गर्दा पीडा पनि हुन्छ। कसै-कसैको पिसाबमा रगत पनि देखिन सक्छ। त्यसैले यस्ता सङ्केतहरूमा विशेष ध्यान दिनुपर्दछ।

५. कतै तपाईँलाई मधुमेह त भएको छैन?
माथिका कुनै पनि कारणले तपाईँलाई धेरै पिसाब लागेको होइन जस्तो लाग्छ भने तपाईँलाई मधुमेह भएको हुन सक्ने बढि सम्भावना हुन्छ। यदि रगतमा सुगरको मात्रा बढि छ भने मृगौलाले ती सबै सुगरलाई छान्न सक्दैन र केहि मात्रा पिसाबथैलीमा खसाल्न सक्छ। जसको कारण त्यो सुगरले शरीरबाट बढि पानी सोस्दछ र बढि पिसाब पैदा गराउँदछ। यस्तो बेलामा गुलियो चकलेट अथवा कुनै गुलियो खानेकुरा खाँदा पनि पिसाब लागेको महशुस हुन्छ। “यो थैलीको समस्या होइन, यो त मधुमेहको सङ्केत हो।”, विषेशज्ञ भन्छन्। त्यसैले तुरुन्तै चिकित्सकको परामर्शअनुसार उचित उपचार गर्नु आवश्यक हुन्छ।

«
Next
»
Previous

No comments

Leave a Reply