हे ! भगवान गीतसंगीतमा के आयो जमाना जस्तो पनि मोडेल, जो पनि गायक
Harek Samachar
9:30 AM
0
नेपालका विभिन्न टेलिभिजनमा बिहानपख गीतको प्रोमो बजाउने समय हुन्छ। त्यहाँ हेर्नुहोस्, कस्ता गायक छन् र कस्ता मोडल छन् ? यो विकृति समग्र गीतसंगीतमै मौलाइरहेको छ । लोकदोहोरीमा अझ बढी देखिन्छ ।
जो पनि मोडल बन्ने यो परिपाटीको हैरानी लोदोहोरीका दुई चर्चित मोडल पार्वती राई र रश्मी तामाङले पनि बेहोरेका छन् । म्युजिक भिडियो सुटिङका लागि आवश्यक पैसा तिरेपछि मोडल हुन पाइने भएकाले जस्ता पनि मोडल हुन आउने गरेको मोडल राई बताउँछिन् । उनी भन्छिन्, 'सुरु–सुरुमा त कतिलाई सुटिङ स्पटमा पुगेर रिजेक्ट गरियो, कतिसँग रिसाइयो । तर, अब त बानी परिसक्यो ।' उनले अभिनय गरेको गीत 'चट्ट परेर' हेर्दा पनि पार्वतीको पीडा बुझ्न सकिन्छ ।
अभिनय र अनुहार कतैबाट पनि मोडल भन्न नसुहाउने त्यो गीतका पुरुष मोडलजस्ता थुप्रै झेलिसकेकी छिन् उनले । आफूसँग अभिनय गर्ने कुनै मोडलबारे केही टिप्पणी नगर्ने बताउँदै पार्वतीले भनिन्, 'इजी नभए बिजी हुन मुश्किल पर्छ । बिजी हुन सकिएन भने मुखमा माड कसरी लाग्छ ?' अहिले समग्र संगीत क्षेत्र नै अनुहार देखाउने रहर गर्नेको हातमा परेको उनको ठम्याइ छ । धेरै म्युजिक भिडियो सुटिङमा यस्ता मोडलका कारण हैरानी खेपेको बताउने रश्मी तामाङले भनिन्, 'कतिले सुटिङ स्पटमा समेत लगानीको तुजुक देखाउँछन् । निकै समस्या पर्छ ।

No comments