जापानी संसदमा हंगामा, ओबामालाई भनियो ‘दासका सन्तान’
Harek Samachar
4:02 AM
0
जापानी सत्तारुढ दलका एकजना सांसदले अमेरिकी राष्ट्रपति बराक ओबामालाई ‘दासका सन्तान’ भनेर सम्बोधन गरेपछि जापानी संसदमा हंगामा मच्चिएको छ । राष्ट्रपति ओबामाप्रति आफ्ना सांसदले प्रयोग गरेको अपमानजनक अभिव्यक्तिपछि जापानी प्रधानमन्त्री सिन्जो अबेले संसदमा माफी माग्नुपरेको छ । उनले उक्त अभिव्यक्ति दिने सांसदलाई पनि हप्काएका छन्
सत्तारुढ दलका सांसद काजुया मारुयामाले ओबामा परिवारको पृष्ठभूमि र अमेरिकामा काला अफ्रिकीलाई दासकारुपमा हेरिने गरेकोबारे जानकारी दिँदै ‘हाल अमेरिकामा एक काला व्यक्तिले शासन गरिरहेको भन्नुको मतलब दासले शासन गरेको हुने हो’ भन्ने टिप्पणी गरेका थिए ।
अमेरिका कसरी महाशक्ति राष्ट्रकारुपमा उभियो भन्ने विषयका सन्दर्भमा मारुयामाले यस्तो अभिव्यक्ति दिएपछि विपक्षी दलले आपत्ति जनाउँदै उनलाई पदबाट हटाउन माग गरी प्रस्ताव नै दर्ता गराएका थिए ।
यस विषयमा जवाफ दिन संसदमा उभिँदै प्रधानमन्त्री अबेले जननिर्वाचित सांसदले कस्तो अभिव्यक्ति दिने भन्नेमा आत्मअनुशासन कायम गर्न सचेत तुल्याएका हुन् । (एजेन्सी)

No comments